
१३ पुस, धनगढी । कैलालीमा १६ किलो चरेससहित दुई जना पक्राउ परेका छन् ।
आइतबार राति विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चुरे गाउँपालिकाको खानीडाँडाबाट चरेससहित मानिसलाई पक्राउ गरेको हो ।
बझाङबाट धनगढितर्फ आइरहेको से१ज ७१८ को जिपको सिटमुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा चालक बझाङकै बुङगल नगरपालिका-११ का २८ वर्षीय वीर बोहरा र ४० वर्षीय गमीलाल बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
उनीहरू दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4