+
+

यू-१९ एसिया कप : कुवेतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते ११:४६

१३ पुस, काठमाडौं । यूएईमा भइरहेको एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले समूह चरणको अन्तिम खेलमा कुवेतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

दुबईको आईसीसी एकेडेमीमा हुने खेलमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । यसअघिका दुई खेलमा पनि टस हारेको नेपालले दोस्रो इनिङ्समा ब्याटिङ गरेको थियो ।

समूह ‘बी’मा रहेको नेपाल बंगलादेश र श्रीलंकासँग पराजित हुँदै यसअघि नै समूह चरणबाट बाहिरिसकेको छ । कुवेत पनि लगातार दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको छ ।

कुवेत विरुद्ध जित हात पार्दै नेपाल प्रतियोगितामा सुदख अन्त्य गर्ने योजनामा छ ।

पहिलो खेलमा बंगालदेशसँग १५४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा श्रीलंकाविरुद्ध ३२३ रनको लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट ब्याटिङ गरेपनि २६२ रन मात्र बनाएपछि ६० रनले पराजित भएको थियो ।

उता कुवेत भने श्रीलंकासँग २७४ र बंगलादेशसँग २२७ रनले पराजित भएको थियो ।

नेपाल र कुवेत अंकविहीन रहँदै समूह बी मा तेस्रो र चौथो स्थानमा छ । तुलनात्मक रुपमा कुवेत भन्दा नेपाल बलियो रहेको छ । पछिल्लो चार खेलमा नेपाल कुवेतसँग अपराजित रहनुले पनि यसलाई पुष्टि गर्छ ।

यस समूहबाट बंगलादेश र श्रीलंका लगातार दुई खेल जित्दै सेमिफाइनलमा पुगिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?