+
+

‘चुरीफुरी’ किन परेन क्यूएफएक्स काठमाडौंको मापदण्डमा ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते ११:४१

१३ पुस, काठमाडौं । शुक्रबारदेखि रिलिज भएको नेपाली चलचित्र ‘चुरीफुरी’ आइतबार नै अधिकांश हलबाट हट्यो । चलचित्र हेर्न शुक्रबार नै पनि दर्शक हलसम्म नआएपछि यसलाई मल्टिप्लेक्सले दुई दिनमै हटाएको बताइएको छ ।

दर्शक नआएपछि चलचित्र हलबाट हट्नु त स्वभाविक नै हो । तर, शुक्रबार नै यो चलचित्रले काठमाडौंको क्यूएफएक्सका विभिन्न हलमा शो नै पाएन । चलचित्रको ट्रेलर क्यूएफएक्सका हलमा बजाइएको थियो । तर, चलचित्रलाई भने शो दिन क्यूएफएक्सले आवश्यक ठानेन ।

नेपाली चलचित्रको फाइदाका लागि भन्दै चलचित्र संघले हप्तामा एउटा मात्र नेपाली चलचित्र चलाउन पाउने नियम बनाएको छ । तर, नेपाली चलचित्रले हलमा शो नै पाउँदैनन् ।

यो विषयमा चलचित्रलाई वितरण गरेको डीसीएनका प्रमुख अशोक शर्मा भन्छन्, ‘मैले बारम्बार क्यूएफएक्सका म्यानेजरसँग शो दिनका लागि आग्रह गरेको थिएँ । तर, उहाँले मलाई क्यूएफएक्सको मापदण्ड अन्तर्गत यो चलचित्रलाई काठमाडौंमा चलाउनै नसकिने जवाफ दिनुभयो । अब हलले नै आफ्नो मापदण्डमा यो चलचित्र नपर्ने भनेपछि हाम्रो पनि के लाग्छ र ?’

रोचक कुरा के छ भने क्यूएफएक्स काठमाडौंमा नै लकडाउनपछि हल खुल्दा रिलिज भएका केही चलचित्रलाई हेर्ने हो भने ती ‘चुरीफुरी’ भन्दा कमजोर थिए । कुनै पनि विदेशी चलचित्र नपाएको अवस्थामा त्यस्ता चलचित्रलाई पनि क्यूएफएक्सले दर्जन शो दिएको थियो ।

ऋषिराज आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रले सामाजिक कथालाई कमेडी शैलीमा प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?