+
+

गर्भ रहेको ३५ वर्षसम्म महिलाको पेटमा ७ महिनाको बच्चा !

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १३:१५

के तपाईंले कुनै महिलाले वर्षौँदेखि आफ्नो पेटमा बच्चाको भ्रूण पालेर राखिरहेको सुन्नुभएको छ ? गर्भ रहेको नौ महीनामा बच्चा जन्मिने मानव जातिमा ३५ वर्षदेखि पेटमा गर्भ बसिरहेको कुरा पत्याउन गाह्रो हुन्छ । तर अल्जेरियामा एकजना महिलाको पेटमा ३५ वर्षदेखि गर्भ बसिरहेको छ ।

समाचार अनुसार अल्जेरियामा एकजना ७३ वर्षीया महिलाको पेटमा अचानक भयंकर दुखाई महसुस भयो । पीडाले छटपटाउँदै उनी डाक्टरकोमा पुगिन् । जब डाक्टरहरूले उनको पेट दुखाइको कारण पत्ता लगाउनका लागि परीक्षण गरे तब उनीहरू तीन छक परे । ती वृद्धा महिलाको पेटमा कैयन् वर्षदेखि सात महीनाको भ्रूण बसिरहको थियो । अझ रोचक त के थियो भने आफ्नो पेटमा वर्षौँदेखि गर्भ रहेको कुरामा ती महिला अनभिज्ञ थिइन् ।

द सनको एक रिपोर्ट अनुसार यसअघि पनि महिलाको पेट दुख्ने गर्दथ्यो । तर डाक्टरहरूलाई त्यो दुखाइको कारण थाहा थिएन र पत्ता पनि लागेको थिएन । तर पछिल्लोपटक जब उनको पेटमा जबरजस्त पीडा उत्पन्न भयो तब डाक्टरहरूले चेकजाँच गरेसँगै महिलाको पेटमा करीब ३५ वर्षदेखि सात महीनाको भ्रुण रहेको पत्ता लाग्यो । त्यो भ्रुणबाट उनलाई कुनै हानी पनि भएको थिएन । भ्रुण एक पत्थरी बनिसकेको थियो । त्यसैले त्यसलाई बेबी स्टोन नामाकरण गरिएको छ ।उक्त बेबी स्टोनको तौल करीब २ किलोग्राम थियो । डाक्टरहरूले उक्त पूरानो भ्रुणको नाम लिथोपेडिअन राखेका छन् ।

डाक्टरहरूका अनुसार पाठेघरको साटो पेटमा गर्भ रहँदा यस्तो हुने गर्दछ । बच्चामा निरन्तर रगतको कमीका कारण भ्रुण विकसित हुन पाउँदैन, जसका कारण भ्रूणलाई बाहिर निकाल्ने कुनै तरिका हुँदैन । विस्तारै भ्रुण पत्थरीमा बदलिन्छ ।

ती महिलाको पेटमा रहेको भ्रुण पनि विस्तारै त्यसै गरी बेबी स्टोनमा परिणत भयो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?