
१३ पुस, काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमले सन् २०२३ मा मोरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले आगामी जनवरी र फेब्रुअरीमा नेपालले दुई खेल खेल्ने पक्का भएको जनाएको छ ।
एन्फाका अनुसार नेपालले आगामी जनवरी २९ र फेब्रुअरी १ मा मोरिसससँग घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ । फिफा अन्तर्राष्ट्रिय क्यालेन्डरको मितिमै दुवै खेल पर्ने एन्फाले जनाएको छ ।
इस्ट अफ्रिकन आइल्याण्ड राष्ट्र मोरिससस फिफा वरीयतामा १७२औं स्थानमा छ ।
नेपालले पछिल्लो पटक सेप्टेम्बर पहिलो साता छिमेकी भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
राष्ट्रिय फुटबल टिमले पछिल्लो पटक अक्टोबरमा माल्दिभ्समा भएको साफ च्याम्पियनसीप खेलेको थियो । पहिलो पटक साफ फाइनलमा पुग्दै इतिहास बनाएको नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4