
१४ पुस, काठमाडौं । मंगलबार रातिदेखिको वर्षाका कारण चिसो बढेपछि काठमाडौं उपत्यका वरपर नै हिमपात भएको छ । काठमाडौं उपत्यका नजिकका डाँडाहरु चन्द्रागिरि, फूल्चोकीलगायतमा हिउँ परेपछि त्यहाँ घुम्न जानेहरुको संख्या बढेको छ ।
पछिल्ला केही वर्षदेखि उपत्यकाबासीको प्रमुख पर्यटकीय गन्तव्य बन्दै आएको चन्द्रागिरिमा बुधबार भारी हिमपात भएको छ । त्यहाँको जंगल र रुखपातसमेत हिउँले ढाकिएको छ । चन्द्रागिरिको भालेश्वर महादेव वरपरको चिल्ड्रेन पार्क, रेष्टुरेन्ट, केवलकारको स्टेसनलगायतका क्षेत्रमा हिउँ परेको छ ।
चन्द्रागिरिमा बुधबार युवाहरुको केही समूह हिउँ खेल्न पुगेको थियो । उनीहरुले हिउँमाथि बसेर फोटो खिचाउनुका साथै एक अर्कामा हिउँ दलेर खुशियाली साटासाट गरेका थिए ।
हेर्नुहोस् तस्वीरहरु
प्रतिक्रिया 4