+
+

‘कठपुतली’मा शिल्पा : ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’जस्तो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १५ गते १०:५९

१५ पुस, काठमाडौं । अभिनेत्री शिल्पा मास्के केही समयको ब्रेकपछि चलचित्र ‘कठपुतली’मार्फत दर्शकमाझ आउँदैछिन् । शुक्रबारदेखि रिलिज हुन लागेको यो चलचित्रको बुधबार काठमाडौंको बिग मुभिजमा प्रिमियर गरिएको छ ।

प्रिमियर समारोहमा शिल्पा रातो रंगको पहिरनमा आकर्षक भएर पुगेकी थिइन् । उनी चलचित्रको प्रचारको अन्तिम क्षणमा दौडधुप पनि गरिरहेकी थिइन् । यसैले चलचित्रमा उनको भूमिकालाई लिएर चलचित्रकर्मी, दर्शक र सञ्चारकर्मी पनि उत्साहित छन् ।

तर, चलचित्र हेर्न हलमा पुगेका चलचित्रकर्मी र सञ्चारकमीले भने चलचित्रभित्र उनलाई लामो समयसम्म खोजिरहनुपर्‍यो ।

चलचित्रमा शिल्पा मास्केका लागि निर्देशक र लेखकले छुट्टाएको भूमिका बेजोड छ । तर, पर्दामा निक्कै कम मात्र देखिने भएकाले पनि उनलाई चलचित्रभित्र खोज्नुपर्ने अवस्था छ ।

मिथिला शर्मा, कर्मा र उषा रजक हाबी भएको चलचित्रमा शिल्पा हराएझैं देखिन्छ । उनका लागि भने यो चलचित्र ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ जस्तो बन्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?