
१५ पुस, काठमाडौं । विश्व स्वास्थ्य संगठनले ओमिक्रोन र डेल्टा भेरियन्टले कोभिड-१९ संक्रमणको सुनामी ल्याउन सक्ने चेतावनी दिएको छ ।
बुधबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले ओमिक्रोन र डेल्टा भेरियन्टले कोभिड-१९ संक्रमणको सुनामी ल्याउन सक्ने चेतावनी दिएका हुन् । कोभिड संक्रमणको सुनामीले स्वास्थ्य प्रणालीमा अत्यधिक चाप पार्ने पनि उनको भनाइ थियो ।
‘ओमिक्रोन डेल्टाभन्दा संक्रामण रहेको र सँगसँगै फैलिइरहेको हुँदा संक्रमणको सुनामी सिर्जना भइरहेको छ र यसबाट म निकै चिन्तित बनेको छु’, अनलाइन पत्रकार सम्मेलनमा बोल्दै गेब्रेयससले भने ।
प्रारम्भिक तथ्यले नयाँ ओमिक्रोन भेरियन्टको संक्रमण सामान्य रहेको देखाएको तर यसैलाई हेरेर ढुक्क हुन नसकिने पनि गेब्रेयससको भनाइ थियो ।
सुरुमा दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट सयभन्दा बढी मुलुकमा फैलिइसकेको छ । अमेरिका र युरोपमा यो भेरियन्ट नै सक्रिय बनेको छ ।
प्रतिक्रिया 4