+
+

भारतको कस्मीरमा २ पाकिस्तानीसहित ६ जना मारिए

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १५ गते ११:४३

१५ पुस, काठमाडौं । भारतको जम्मू-कस्मीरमा बुधबार राति  भएको मुडभेडमा दुई जना पाकिस्तानीसहित ६ जना मारिएको कस्मीरस्थित पुलिसले जनाएको छ ।

बुधबार जम्मू-कस्मीरका अलग-अलग दुई स्थानमा सुरक्षाकर्मी र चरमपन्थीबीच भएको मुडभेडमा जैश-ए-मोहम्मदका ६ जना चरमपन्थी मारिएको प्रहरीको दाबी छ । मुडभेडमा मारिने चार जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार दुई जना पाकिस्तानी र दुई जना स्थानीय चरमपन्थी मारिएका छन् ।

मुडभेडमा एक जना प्रहरी घाइते भएको बीबीसी हिन्दीले जनाएको छ । बुधबार रातिदेखि कुलगाम जिल्लाको नौगाम, अनन्तनाग र मिरहमामा सुरक्षाकर्मीले कारबाही गरिरहेका छन् । सोही क्रामा सुरक्षाकर्मी र जैश-ए-मोहम्मदका चरमपन्थीबीच मुडभेड भएको थियो ।

कस्मीर प्रहरीले पछिल्लो कारबाहीलाई  ठूलो सफलता भनेको छ । ‘प्रतिबन्धित आतंकवादी जैश-ए-मोहम्मदका ६ आतंकवादी दुई अलग-अलग मुठभेडमा मारिएका छन्’,  कस्मीर जोनका इन्स्पेक्टर जनरल विजय कुमारले बताए ।

‘मारिएका आतंकवादीमध्ये चार जनाको पहिचान भएको छ र यसमध्ये दुई जना पाकिस्तानी र दुई जना स्थानीय आतंकवादी रहेका छन्’ कुमारले थपे, ‘अन्य दुई जना आतंकवादीको पहिचान हुन बाँकी छ र यो हाम्रा लागि ठूलो सफलता हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?