+
+

हलमा ‘कठपुतली’, नेपाली बक्स अफिसलाई चलायमान बनाउने अपेक्षा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १२:२२

१६ पुस, काठमाडौं । गत हप्ता रिलिज भएको नेपाली चलचित्र ‘चुरीफुरी’ले बक्स अफिसमा खराब शुरुआत गरेपछि धेरैको ध्यान शुक्रबार रिलिज भएको चलचित्र ‘कठपुतली’मा छ ।

भीमसेन लामाको निर्देशन र पृथ्वी रानाको निर्माणमा तयार भएको यो चलचित्रले बक्स अफिसमा आशा जगाउने धेरैको अपेक्षा छ ।

चलचित्रको शुक्रबारको बुकिङ हेर्दा चलचित्रले केही मात्रामा आशा जगाएको देख्न सकिन्छ । मल्टिप्लेक्सले पनि यो चलचित्रलाई राम्रै शो उपलब्ध गराएका छन् ।

बुधबार आयोजना भएको प्रिमियरमा सञ्चारकर्मी र चलचित्रकर्मीबाट राम्रो प्रतिक्रिया पाएको हरर चलचित्रमा मिथिला शर्मा, कर्मा, उषा रजक, ध्रुव कोइराला, शिल्पा मास्के लगायतका कलाकारको अभिनय छ ।

निर्माता रानाका अनुसार चलचित्रलाई साढे २ करोड भन्दा बढीको बजेटमा तयार पारिएको हो । यो चलचित्रले नेपाली बक्स अफिसबाट लगानी मात्र सुरक्षित गर्नका लागि ६ करोड भन्दा बढीको कमाइ गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?