+
+

१५ वर्ष कान्छा प्रेमी रोहमनसँग सुस्मिता सेनको ‘ब्रेकअप’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १२:३५

१६ पुस, काठमाडौं । बलिउड अभिनेत्री सुस्मिता सेन र उनका प्रेमी रोहमन सउलबीच ब्रेकअप भएको छ । उनीहरु चार वर्षदेखि एकअर्काको प्रेममा थिए । सुस्मिताले रोहमनसँगको प्रेमलाई लुकाएकी पनि थिइनन् ।

४५ वर्षीया सुस्मिता र ३० वर्षीय रोहमन लिभ इन रिलेसनसिपमा पनि थिए । सुस्मिताका दुई छोरी रेनी र अलिशासँग पनि रोहमनको गज्जबको बोन्डिङ देखिएको थियो ।

सुस्मिताले रोहमनसँगको ब्रेकअपका विषयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भनेकी छन्, ‘मेरो लागि कुनै पनि कुरा सकिनुले ठूलो अर्थ राख्छ । किनकि, जब तपाईं पब्लिक फिगर हुनुहुन्छ, त्योसँगै तपाईसँग जोडिएको व्यक्ति पनि आम मानिसको नजरमा पर्छन् । यो तपाईं र तपाईंसँग जोडिएको व्यक्तिका लागि सही होइन ।’

सुस्मिताले यदि कोही मानिस एकै ठाउँमा बसेर दिक्क मान्न थाल्यो भने त्यसले जीवन नै बर्बाद गर्ने तर्क गरिन् । उनले अगाडि भनिन्, ‘मैले जीवनमा हरेक सम्बन्धबाट धेरै कुरा सिकेको छु । म हरेक सम्बन्धबाट अगाडि बढेकी छु । यसैले म साँचो कुरा बोल्ने हिम्मत राख्छु । साँचो बोल्नु पनि एउटा सुन्दरता हो । म हरेक ठाउँमा शतप्रतिशत नतिजा दिन सक्ने मानिस हुँ । जब मलाई कसैसँग प्रेम हुन्छ भने शतप्रतिशत नै हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?