+
+

संकटा च्यासलसँग बराबरीमै रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १७ गते २०:०२

१७ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा संकटा क्लब र च्यासल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

संकटाले सिजनको चौथो बराबरी खेल्दै सातौं चरणसम्म अपराजित यात्रा कायम राखे पनि अंक भने गुमाइरहेको छ । उता राष्ट्रिय टिमका पूर्व स्ट्राइकर सन्तोष साहुखलको आगमनले च्यासलको प्रदर्शन सुधार भएपनि गोल गर्न सकेन । यस बराबरीले च्यासल अझै रेलिगेसन जोनमै छ ।

खेलमा संकटाले आधा दर्जन भन्दा बढी गोलका अवसर बनाएपनि सफल हुन सकेन । च्यासलका गोलकिपर प्रदीप भण्डारीले केही राम्रा बचाउ गर्दा च्यासलका सागर थापा र केट्चा यानिकले गोललाइनबाट बचाउ गरेका थिए ।

च्यासलले पनि गोल गर्ने केही अवसर सदुपयोग गर्न सकेन । बराबरीपछि ७ खेलबाट १३ अंक जोडेको संकटा तेस्रो स्थानमै छ । ऊ दोस्रो स्थानको मछिन्द्र भन्दा संकटा १ अंकले पछि छ । मछिन्द्रले आइतबार नेपाल पुलिससंग खेल्दैछ ।

उता दोस्रो बराबरी खेलेको च्यासलले ब्रिगेड ब्वाइजसंग अंक बराबरी गरेपनि खराब गोल अन्तरका कारण १३औं स्थानमै छ । ब्रिगेड शनिबार पोखरामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबसंग पराजित भएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?