+
+

‘कठपुतली’ले हलमा फर्कायो दर्शक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते ११:१६

१८ पुस, काठमाडौं । शुक्रबारदेखि  प्रदर्शन भएको चलचित्र ‘कठपुतली’लाई दर्शकले साथ दिएका छन् । शुक्रबार र शनिबार यो चलचित्रको अकुपेन्सी काठमाडौंका मल्टिप्लेक्समा उच्च देखिएको छ ।

शनिबार बिहानैबाट चलचित्रले काठमाडौंका क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाज लगायतका हलमा हाउसफुल व्यापार गरेको छ । दुई वर्षपछि हलमा नेपाली चलचित्र हेर्न दर्शकको भीड देखिएको हो ।

चलचित्रकर्मीहरुले पनि यो चलचित्रले दर्शक फर्काएको भन्दै सामाजिक सञ्जालबाट बधाई दिइरहेका छन् । डीसीएनका अध्यक्ष एवं वितरक अशोक शर्मा, एफडी कम्पनीका अध्यक्ष सुशील पोखरेल लगायतले चलचित्रले सुखद् व्यापार गरेको भन्दै खुशी व्यक्त गरे ।

यो चलचित्रको कथावस्तुलाई दर्शकले रुचाएका छन् । शनिबार नै चलचित्र हेर्न पुगेको ‘नेपाल आइडल ४’का प्रतिस्पर्धीहरुले नेपाली चलचित्रको निर्माणको स्तर बढेकोमा खुशी व्यक्त गरे । उनीहरुले चलचित्रको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति र साउण्ड उत्कृष्ट रहेको प्रतिक्रिया दिए ।

चलचित्रको सुखद् प्रतिक्रिया पाएपछि निर्देशक भीमसेन लामा खुशी देखिए । उनले अनलाइनखबरसँग भने, ‘म आज निक्कै भावुक भएको छु । दर्शकले यति धेरै माया दिनुहुन्छ भन्ने अपेक्षा गरेको थिइनँ । तर, मैले आशा गरेको भन्दा राम्रो व्यापार र प्रतिक्रिया पाएको छु ।’

सम्पदा मल्लको लेखनमा तयार भएको यो चलचित्रलाई पृथ्वी रानाले निर्माण गरेका हुन् । चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, धु्रव कोइराला, उषा रजक, शिल्पा मास्के लगायतको अभिनय छ ।

चलचित्रको व्यापारिक रिपोर्ट भने सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?