+
+

धनुषामा जनमत पार्टीको प्रदर्शनमा प्रहरीले गोली चलायो, पाँच जना घाइते

श्रवण देव श्रवण देव
२०७८ पुष १८ गते १३:५५
फाइल तस्वीर

१८ पुस, जनकपुरधाम । पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकामा सडक जाम गरी बसेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।

आइतबार बिहानैदेखि सडक जाम गरी बसेका जनमत कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गरेको हो । धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रु ग्यास प्रहार गरिएको हो ।

रबरको गोली लागेर जनमत पार्टीका ५ जना कार्यकर्ता घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधामा ल्याइएको जनमत पार्टीले जनाएको छ ।

यस्तै झडपका क्रममा नेपाल प्रहरीका एक जना र सशस्त्र प्रहरीका एक गरी दुई जनासमेत घाइते भएको प्रवक्ता एवं डीएसपी बस्नेतले बताए ।

बिहानैदेखि बन्द रहेको पूर्वपश्चिम राजमार्ग भने सञ्चालनमा आइसकेको उनले बताए ।

किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्नेसहितका माग राख्दै जनमत पार्टीले गत पुस १५ गतेदेखि मधेशका जिल्लामा पूर्व पश्चिम राजमार्गमा चक्काजाम गर्दै आएका छन् । उनीहरुले चक्काजाम गर्दा प्रदेश २ का जिल्लामा प्रायः प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप हुँदै आएको छ ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?