
१८पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले खस आर्यतर्फको समानुपातिक सूचीमा श्रीमान श्रीमतीलाई नै निर्वाचित गरेको छ ।
प्रज्ञा भवन कमलादीमा जारी आठौं महाधिवेशनको बन्दसत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खसआर्य तर्फको पुरुषकेन्द्रीय सदस्यमा देवेन्द्र पराजुली र महिला सदस्यमा कल्पना धमलाको नाम घोषणा गरेका हुन् ।
धमला र पराजुली श्रीमान् श्रीमती हुन् । पार्टीकोविभिन्न कमिटीमा रहेर मन्त्रीसमेत भइसकेकी धमला र यसअघि नै महत्वपूर्ण जिम्मेवारीमारहिसकेका पराजुली खुल्लाबाटै पनि प्रतिस्पर्धा गर्न सक्ने खुबी राख्ने नेता हुन् ।
उनीहरु बाबुराम भट्टराई नयाँ शक्ति पार्टी बनाउँदा उनीसँगै त्यतै गएका थिए । उनीहरु ०७६माघ १५ देखि १९ गते भएको नेकपा केन्द्रीय कमिटी बैठकका बेला पार्टी प्रवेश गरेका थिए ।
पराजुली र धमलालाई केन्द्रीय समितिमा राख्न तत्कालिन नेकपाले त्यसबेला पार्टीको विधाननै संशोधन गरेको थियो ।
प्रतिक्रिया 4