+
+

चिकित्सा शिक्षा स्नातकोत्तर तहमा १,७१२ कोटा निर्धारण

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १३:५४

१९ पस, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र ०७७/७८ का लागि स्नातकोत्तर तहका लागि सिट संख्या निर्धारण गरेको छ ।

आयोगले ३७ शिक्षण संस्थाहरूमा विभिन्न कार्यक्रमहरूको लागि एक हजार ७१२ कोटा निर्धारण गरेको छ ।

एमडी, एमएस, एमडीएस, एमएन, एमपीएच, एमएससीको लागि आयोगले सिट संख्या तोकेको हो ।

बी.पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, जनस्वास्थ्य केन्द्रीय विभाग, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साईन्सेज, टिचिङ हस्पिटल, गन्डकी मेडिकल कलेज, हिमालय आई इन्स्टिच्‍युट, जानकी मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेजलगायतले कोटा निर्धारण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?