+
+

सिराहाका प्रहरी प्रमुख पाण्डेको जिम्मेवारी खोसियो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १६:४२

१९ पुस, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सिराहाका प्रहरी प्रमुख हिराबहादुर पाण्डे जिम्मेवारीबाट हटाइएका छन् । उनको प्रहरी प्रधान कार्यालय, नक्सालमा काज सरुवा भएको हो ।

पाण्डेको ठाउँमा प्रहरी उपरीक्षक (एसपी) अर्जुन तिम्सिनालाई पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए । एसपी पाण्डे ८ असार २०७८ मा सिराहा सरुवा भएका थिए ।

उनको सरुवामा सत्तारुढ नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवसँगको विवादले काम गरेको अधिकृतहरु बताउँछन् । स्रोतका अनुसार सभापति यादवले एक मुद्दाका दुई जना अभियुक्तलाई छाड्न दबाब दिएको अधिकृतहरु बताउँछन् ।

तर सहयोग नगरेपछि आफ्नो सरुवा भएको पाण्डेले निकटस्थहरुसँग बताउने गरेका छन् । सरुवा भएपछि पाण्डे हतियारसहित यादवको घरमा गएर धम्क्याउने कोशिश गरेको यादव पक्षले बताएको छ ।

यस विषयमा २ नं. प्रदेश प्रहरी कार्यालयले छानविन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?