+
+

ओलीको अयोग्यता र अहंकारले देशले दु:ख पायो : महामन्त्री थापा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १७:५८

१९ पुस, बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आउने चुनावमा मतदाताले नेकपा एमालेलाई दण्ड दिनुपर्ने बताएका छन् ।

गत निर्वाचनमा नेकपाले झण्डै दुई तिहाई बहुमत पाएपनि पूरा कार्यकाल सरकार चलाउन असफल भई देशलाई अस्थिरतामा धकेलेकाले अबको चुनावमा एमालेलाई दण्ड दिनुपर्ने थापाको तर्क छ ।

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आयोजित पार्टी कार्यक्रममा थापाले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकार र अयोग्यताले देशले दुःख पाएको बताए ।

‘२०६४ मा माओवादी ठूलो दल हुँदा पनि संविधान बनाउन सकेन, २०७४ मा एमाले र माओवादी मिलेर प्रचण्ड बहुमत ल्याएपनि देश चलाउन सकेनन्’–थापाले भने–‘ओलीको अहंकार र अयोग्यताले देशले दुख पाएको छ, सरकार पूरा कार्यकाल चल्न सकेन, त्यसैले अबको चुनावमा दण्ड पाउने पालो एमालेको हो ।’

अब नेपाली कांग्रेसले आफूहरुले २०४८ सालमा बहुमत पाउँदा गरेको गल्ती र २०७४ सालमा नेकपाले बहुमत पाएर गरेको गल्तीबाट पाठ सिक्दै अघि बढ्ने उनको भनाइ छ ।

आउँदो तीनै तहको चुनाव जितेर कांग्रेसले पाँच वर्ष पूरै सरकार चलाएर बहुमतको प्रयोग कसरी गर्ने भन्ने र काम गर्ने तरिका सिकाउने बताए । कम्युनिष्टहरुले विविधतायुक्त नेपाली समाजको गलत विश्लेषण र प्रोपोगाण्डा गरेर कहिले जात, कहिले धर्म र कहिले राष्ट्रियताको नाममा देश विकासको गति अवरुद्ध गरेको महामन्त्री थापाले आरोप लगाए ।

उनले पार्टीमा अबदेखि गुटबन्दी र भागबण्डा हुन नदिने बताउंदै आउँदो चुनाव जितेर ५ वर्ष सरकार चलाउने गरी चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । आगामी निर्वाचनसम्म १५ लाख जनालाई कांग्रेस प्रवेश गराउने लक्ष्य रहेको बताउंदै उनले पार्टी प्रवेशलाई अभियानकै रुपमा अघि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?