
१९ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी दुई महिनाभित्र ट्रायल पास गरेकै दिन सवारी चालकलाई स्मार्ट लाइसेन्स दिने प्रतिवद्धता जनाएको छ ।
मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठले प्रतिनिधिसभाको अर्थ समितिमा सोमबार आयोजित छलफलमा दुई महिनाभित्र स्मार्ट लाइसेन्स वितरणको प्रतिवद्धता जनाएका हुन् ।
‘अबको दुई महिनाभित्र स्मार्ट कार्ड लाइसेन्स वितरणमा कुनै पनि समस्या हुँदैन,’ उनले भने, ‘आज ट्रायल पास गर्यो भने सोही दिनमा लाइसेन्स प्राप्त हुने गरी व्यवस्थापन हुँदैछ ।’ अहिले दैनिक ७÷८ हजारको संख्यामा स्मार्ट लाइसेन्स कार्ड छपाइ भइरहेको समेत उनले जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4