
हेमराज राई
२० पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रियसभा सदस्यका लागि हेमराज राई र मो. खालिद सिद्दीकीलाई उम्मेदवार बनाउने भएको छ ।
प्रदेश १ को अपाङ्गता वा अल्पसंख्यक समूहबाट भोजपुरका राई र प्रदेश २ को खुलातर्फ सिरहाका सिद्दीकीलाई उम्मेदवार बनाउने निर्णय भएको नेता मनिष सुमनले जानकारी दिए ।
राष्ट्रियसभाको १९ सदस्यका लागि १२ माघमा हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सत्तारुढ पाँच दलबीच भएको भागबण्डामा जसपाले २ सिट पाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4