+
+

एसेज सिरिज : ट्रेभिस हेडको स्थानमा उस्मान ख्वाजाले खेल्‍ने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १२:४८

२० पुस, काठमाडौं। क्विन्सल्याण्डका ब्याट्सम्यान उस्मान ख्वाजा एसेज सिरिजअन्तर्गत सिड्नीमा हुने खेलका लागि अष्ट्रेलियन टेष्ट टिममा फर्किएका छन्।

कोभिड-१९ का कारण आइसोलेसनमा रहेका ट्रेभिस हेडको स्थानमा ख्वाजाले टिममा स्थान बनाएका हुन् ।

तेस्रो टेष्ट खेलेको टिममा यो नै एक मात्र परिवर्तन हो। ख्वाजाले सन् २०१९ पछि पहिलो टेष्ट खेल्दैछन् ।

कोभिड-१९ को संक्रमण भएपछि हेडले एसेज सिरिज अन्तर्गतको चौथो खेल गुमाउने छन् ।

टेष्ट बुधबारदेखि सिड्नीमा सुरु हुनेछ ।

तेस्रो टेष्टमा म्यान अफ दि म्याच प्रदर्शन गरेका स्कट बोल्याण्डले टिममा स्थान बनाएका छन् । अष्ट्रेलियाले यसअघि नै तीन टेष्ट जित्दै सिरिज रक्षा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?