
२० पुस, काठमाडौं । लागू औषधको कारोबार गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कारागार, सिन्धुलीमा कैद सजाय काटिरहेका दुई जना समेत छन् ।
लागू औषध नियन्त्रण ब्यूरोका अनुसार लागू औषधको कारोबार गरेको अभियोगमा १८ वर्ष कैद सजाय काटिरहेका भारतीय नागरिक गुड्डु गुप्ता नाइके हुन् ।
उनले ५ वर्ष कैद सजाय काटिरहेका सन्तोष स्याङ्तान, जो टेलिफोन नाइके समेत हुन्, सँग मिलेर जेलबाटै लागू औषध कारोबार गर्दै आएको प्रहरीको दाबी छ ।
ब्यूरोका अनुसार गुप्ता र स्याङ्तानलाई जिल्ला कारागार, रौतहट सरुवा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4