+
+

शेखर कोइराला पक्षका नेताहरूको बैठक आज पनि बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते ८:३६

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज पनि आफू पक्षीय नेताहरूको बैठक आह्वान गरेका छन् ।

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न र १४ औं महाधिवेशनको समीक्षा गर्न भन्दै कोइरालाले आज दिउँसो दुई बजे आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् ।

कोइराला निकट नेता बलबहादुर केसीले दिउँसो २ बजे बैठक बस्ने पुष्टि गर्दै स्थान भने निश्चित नभएको बताए ।

कोइराला निकट अर्का एक नेता चन्द्र भण्डारीले भने बैठक सिंहदरबार नजिकको बसेरा होटलमा बस्ने बताए । नेता भण्डारीका अनुसार १४ औं महाधिवेशनमा उम्मेदवार बनेकाहरुलाई बैठकमा बोलाइएको छ ।

कोइराला पक्षीय नेताहरुको बैठक मंगलबार पनि बसेको थियो । उक्त बैठकले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अगाडि बढेको र आफूहरुलाई शक्तिका रुपमा स्वीकार नगरेको निष्कर्ष निकालेको थियो । कांग्रेसको १४ औं महाधिवेशनमा कोइराला सभापति पदमा देउवासँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?