+
+

मन्त्रिपरिषद् बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते ११:१०

२१ पुस, काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । मन्त्रिपरिषद् बैठक दिउँसो साढे १ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने छ । देउवा यही पुस २५ गते भारत भ्रमणमा जाँदैछन् ।

पुस २६ गते हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुन देउवा भारत जान लागेका हुन् । भारत भ्रमणको क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

बैठकमा विभिन्न मन्त्रालयका एजेण्डाका साथै आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका विषयमा पनि छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?