+
+

प्याब्सन लुम्बिनीको अध्यक्षमा पाण्डेय चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते ११:४७

२१ पुस, बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनले बुटवलका लालहरि पाण्डेयको अध्यक्षतामा १३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ ।

तीन वर्षे कार्यकालका लागि चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ऋषिकेश जि.सी (बाँके), उपाध्यक्षहरूमा केशव सापकोटा (कपिलबस्तु), गोविन्द पौडेल (पाल्पा) सचिवमा धनराज चापागाई (नवलपरासी), कोषाध्यक्षमा अमर राज सुवेदी (दाङ्ग), सहसचिवमा तेजनाथ पौडेल (बर्दिया), सहकोषाध्यक्षमा महेश भूर्तेल (रुपन्देही) चयन भएका छन् ।

यस्तै कार्यकारिणी सदस्यहरूमा शारदा ज्ञवाली (रुपन्देही), रामदेव यादव (रुपन्देही), उपेन्द्र गुप्ता (नवलपरासी), वासुदेव रिजाल (दाङ्ग) र राजेन्द्रकुमार आचार्य (बाँके) चयन भएका छन् ।

बाँकेको कोहलपुरमा सम्पन्न अधिवेशनको उद्घाटन समारोह प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षता र लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री सुरेन्द्रबहादुर हमालको प्रमुख अतिथ्यतामा भएको थियो ।

कार्यक्रममा प्याब्सन केन्द्रीय सह-अध्यक्ष डि.के.ढुङ्गाना,सल्लाहकारहरू आषिश श्रेष्ठ, नारायण अधिकारी, सुमन गोपाल आचार्य, निर्मल उपाध्याय, अनिल झा, प्याब्सनका केन्द्रीय उपाध्यक्षहरू ईश्वरबहादुर गुरुङ्ग, कृष्ण अधिकारी र बिष्णु पन्थी, नेशनल प्याब्सन केन्द्रीय सचिव कुसुम रानाभाट लगायतले निजी विद्यालयहरू राज्यको शिक्षा विकासको मेरुदण्ड रहेको तर नेपाल सरकारले भेदभाव गरेको गुनासो गरेका थिए ।

अधिवेशनमा कोषाध्यक्ष केशव सापकोटाले पेस गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।

प्रदेश अधिवेशनमा प्रदेशका विभिन्न जिल्लाबाट ३५० जना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?