
२१ पुस, काठमाडौं । अभिनेत्री वर्षा राउतले आफ्ना पति एवं अभिनेता तथा व्यवसायी सञ्जोग कोइरालासँगको सबै तस्वीर इन्स्टाग्रामबाट हटाएको विषयमा मंगलबार अनलाइखबरले समाचार प्रकाशन गरेको थियो ।
समाचार सार्वजनिक भएसँगै वर्षाले फेरि सञ्जोगसँगका केही तस्वीर इन्स्टाग्राममा राखेकी छन् । उनले सञ्जोगसँग झगडा परेको बेलामा आफूले अर्काइभमा फोटो राखेको प्रतिक्रिया दिएकी थिइन् ।
वर्षाले सामाजिक सञ्जालमा तस्वीर मात्र होइन, सञ्जोगको भिडियो पनि स्टोरीमा राखेकी छन् । उनले सञ्जोगको खुशी हुँदै गरेको भिडियो खिचेर स्टोरीमा पोष्ट गरेकी छन् ।
वर्षाले सञ्जोगका तस्वीर हटाएको समाचार सार्वजनिक भएसँगै उनीहरुका फ्यानहरुले विभिन्न खालका अड्कलबाजी लगाउन थालेका थिए । वर्षाले फोटो आफूले नहटाएको र सम्बन्धमा चिसोपना नआएको सन्देश आफ्ना फ्यानलाई दिन खोजेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4