+
+

‘मुन्द्रेको कमेडी क्लब’ शुरु हुन लाग्दा उमेश लागे ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते ११:३९

२२ पुस, काठमाडौं । ‘मुन्द्रेको कमेडी क्लब’लाई नयाँ स्वरुपमा दर्शकमाझ ल्याउने तयारीमा छन् हास्य कलाकार जीतु नेपाल । यो शो कुन टेलिभिजनबाट प्रसारण गर्ने भन्ने विषयमा उनी अन्तिम छलफलमा छन् ।

टेलिभिजनले युटुब राइट्स समेत आफैं राख्न खोजेपछि जीतुलाई केही समस्या भएको बताइएको छ । यो शोलाई दिनेश डीसीले निर्देशन गर्ने पनि पक्का भइसकेको छ ।

यही शोबाट चर्चामा आएका थिए कलाकार उमेश राई । शोमा ‘फुलन्देको आमा’को भूमिकामा देखिएर चर्चामा आएका उमेश अहिले ‘डान्स च्याम्पियनसिप’ नामक रियालिटी शोको पनि होस्ट हुन् । तर, यो शोले दर्शकको अपेक्षाकृत साथ भने पाएको छैन ।

यसैबीच, उमेश अब नयाँ कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा काम गर्दैछन् । यो शोमा काम गर्ने तयारीमा रहेका उमेशलाई ‘मुन्द्रेको कमेडी क्लब’ नयाँ स्वरुपमा आउन लागेको विषयमा केही पनि जानकारी छैन । उनले सञ्चारकर्मीहरुसँग भने, ‘मलाई अहिलेसम्म यो विषयमा कुनै पनि खबर आएको छैन । खबर आएको त राम्रो हो नि ।’

उमेशले आफूले कहिल्यै पनि ‘मुन्द्रेको कमेडी क्लब’लाई ‘बाईबाई’ नगर्ने बताए । उनले आफ्नो कारणले शो बन्द भएको कुरालाई पनि अस्वीकार गरे ।

‘डान्स च्याम्पियनसिप’मा अपेक्षाकृत नतिजा नपाएको विषयमा उमेशले भने, ‘मैले आफ्नो शतप्रतिशत नै दिइरहेको छु । अरु मलाई थाहा भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?