
पुस २२, काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २6 मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले फेला परेका मोटरसाइकल सम्बन्धित धनीलाई बिहीबार हस्तान्तरण गरेका हुन् ।
सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यका र आसपासका पशुपति क्षेत्र, बौद्ध, नरेफाँट, ठिमी, सुर्यविनायक, बसुन्धारा, बानेश्वर, चावहिल, ठमेल, किर्तिपुर, सातदोबाटो, कंलकी, बसपार्क लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको उनले बताए ।
महाशाखाका अनुसार आर्थिक वर्ष ०७८/७९ मा हराएका २२३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ भने मोटरसाईकल चोरीमा संलग्न ३२ जनालाई चोरीका मोटरसाईकलसहित सम्बन्धित प्रहरी वृत्तहरुमा कारबाहीको लागि पठाएको समेत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4