+
+

बागमती प्रदेशमा दूधको मूल्य बढाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते १९:२३

२२ पुस, काठमाडौं । बागमती प्रदेशमा दूधको मूल्य बढाउने तयारी गरिएको छ । प्रदेश दुग्ध विकास बोर्डले किसानले पाउने गरी दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ ।

बुधबार बसेको बोर्ड बैठकले मूल्य बढाउन सिफारिस गरेको बोर्डका निमित्त निर्देशक डा. रामप्रकाश प्रधानले बताए ।

खाद्यान्न र दानाको मूल्य बढेको र दूध उत्पादनमा लाग्ने लागतको तुलनामा किसानको खर्च नउठेपछि मूल्य बढाउन सिफारिस गरिएको प्रधानको दाबी छ । हाल प्रदेशमा प्रतिलिटर ४५ रुपैयाँमा गाई र ५५ रुपैयाँमा भैंसीको दूध किसानले बिक्री गरिरहेको उनले बताए ।

‘दूध उत्पादनमा चाहिले सबै कच्चा पदार्थको मूल्य बढ्यो तर किसानले पाउने मूल्य बढेन,’ निमित्त निर्देशक प्रधानले भने, ‘कृषि पेशाबाट किसान पलायन रोक्न पनि मूल्य बढाउन जरुरी छ ।’

प्रदेशमा तीन वर्ष देखि दूधको मूल्य नबढेको पनि उनले बताए । किसानका लागि बढाउने मूल्यले उपभोक्तामा थप असर नपर्ने गरी निर्णय गर्न संघिय मन्त्रालयलाई आग्रह गरिएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?