+
+

बिमा कम्पनीलाई समितिको निर्देशन–सीईओ पद रिक्त भए तीन महिनाभित्र पदपूर्ति गर्नू

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १५:०१

२३ पुस, काठमाडौं । बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको भरमा लामो समय बिमा कम्पनी चलाउन नपाउने गरी नयाँ निर्देशन जारी गरेको छ ।

कार्यकारी प्रमुख विनै दोस्रो वरियताको कर्मचारीलाई कार्यबाहक दिएर लामो समयसम्म संस्था चलाउन खोजिएको भन्दै समितिले नयाँ निर्देशन जारी गरेको हो ।

संस्थागत सुशासन सम्बन्धी नयाँ व्यवस्था गर्दै समितिले अब प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद रिक्त भए तीन महिनाभित्रै पदपूर्ति गर्नुपर्ने व्यवस्था गरेको हो । यो व्यवस्था अनुसार अब तीन महिनाभन्दा बढी समय कामु सीईओ राख्न पाइने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?