
आइफोन निर्माता कम्पनी एप्पलले ३० खर्ब डलर बजार मूल्यको आँकडा छुने विश्वको पहिलो कम्पनी बन्दै इतिहास कायम गरेको छ ।
एप्पल कम्पनी स्टक मार्केटमा ३ ट्रिलियन डलर मूल्य हुन विश्वकै पहिलो कम्पनी बन्न सफल भएको छ ।
सन् २००७ मा कम्पनीका संस्थापक तथा तत्कालीन सिइओ स्टिभ जब्सले पहिलो आइफोन सार्वजनिक गरेयता कम्पनीको शेयर मूल्यमा ५,८०० प्रतिशतले वृद्धि भएको छ ।
गत सोमबार कम्पनीको शेयर मूल्यमा भएको वृद्धिसँगै एप्पलको कूल बजार मूल्यले ३० खर्ब डलरको आँकडा छोएको थियो । यद्यपि बजार बन्द हुँदासम्म शेयर मूल्यमा केही गिरावट आएपछि कम्पनीको मूल्य २९ खर्ब ९० अर्ब कायम भयो ।
कोरोना भाइरस महामारीको लकडानका बेला विश्वमा ग्याजेटहरुको बिक्री उकासिएसँगै एप्पल कम्पनीलाई फलिफाप हुँदै आएको छ ।
विश्लेषकहरुलाई अनुसार संसयकर्ताहरुलाई गलत सावित गर्ने क्रममा एप्पलले ३ ट्रिलियन डलरको बजार मूल्य छुनु अर्को ऐतिहासिक क्षण हो ।
विगतलाई हेर्नेहो भने एप्पललाई १० खर्ब डलरको कम्पनीबाट ३० खर्ब डलरको कम्पनीमा पुग्नका लागि जम्मा १६ महिना लागेको छ ।
एप्पलको बजार मूल्य सन् २०१८ मा १ ट्रिलियन डलर पुगेको थियो भने सन् २०२० मा कम्पनीको बजार मूल्य २ ट्रिलियन डलर पुग्यो ।
तथ्यांक अनुसार एप्पल कम्पनीको आम्दानीमध्ये आधा हिस्सा आइफोनको बिक्रिबाट प्राप्त हुने गरेको छ । साथै एप्पलले आइप्याड ट्याबलेट र म्याक कम्प्युटरबाट पनि प्रतिष्ठा आर्जन गरेको छ ।
साथै एप्पल स्टोरबाट बिक्रि गर्ने सफ्टवेयरहरु, आइक्लाउडबाट बिक्रि गर्ने स्टोरेज स्पेस र म्युजिक, टेलिभिजन र फिटनेस सब्सक्रिप्सन प्लाटफर्ममा पनि एप्पलले व्यवसाय विस्तार गरिरहेको छ ।
स्मरण रहोस् स्टिभ जब्सले आफ्ना साथीहरु स्टिभ वज्नियाक र रोनाल्ड वाइनेसँग मिलेर सन् १९७६ मा एप्पल कम्पनीको स्थापना गरेका थिए ।
एप्पल कम्पनी १ अर्ब ८० करोडको बजार मूल्य सहित सन् १९८० मा स्टक मार्केटमा गएको हो ।
कम्पनीका संस्थापक स्टिभ जब्स र स्टिभ वज्नियाकले पहिलोपटक बनाएको एप्पल कम्प्युटर गत नोभेम्बरमा ४ लाख अमेरिक िडलरमा लिलाम भएको थियो । बीबीसी
प्रतिक्रिया 4