+
+

निर्मला हत्या प्रकरणसँग जोडिएका भारतीय नागरिक एक हजार धरौटीमा छुुटे

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २४ गते ७:१३
न्यायको याचना गर्दै निर्मला पन्तकी आमा । तस्वीर : अनलाइनखबर फाइल ।

२४ पुस, धनगढी । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा जोडेर प्रहरीले अनुुसन्धान गरिरहेका भारतीय नागरिक धरौटीमा छुुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार अभद्र व्यवहार मुद्दा चलाइएका भारतीय नागरिक अली हुसेनलाई एक हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । ‘हामीकहाँ हुसेनले प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्ने मुद्दा आएको थियो’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले अनलाइनखबरसँग भने, ‘कानूनी प्रावधान बमोजिम उहाँ एक हजार धरौटीमा छुट्नुभएको छ ।’

प्रजिअ पाण्डेले हुसेनविरुद्ध जिल्ला प्रहरी कार्यालयले प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको भन्दै मुद्दा चलाएको बताउँदै निर्मला प्रकरणसँग सम्बन्धित भए/नभएको आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

तर कञ्चनपुर प्रहरीले उनलाई निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको हो । उनको डीएनएसमेत परीक्षणका लागि पठाइएको थियो । यद्यपि प्रहरीले भने उक्त विषयमा आधिकारीक रुपमा बोलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?