+
+

करेन्ट लागेर वीरगञ्जमा दुई जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २४ गते १५:२१

२४ पुस, वीरगञ्ज । वीरगञ्जमा करेन्ट लागेर दुई जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका–२४ रामगढवा बस्ने ३८ वर्षीय शर्मा पटेल र वडा नं १६ नगवा बस्ने ४० वर्षीय राजेन्द्र पटेल घाइते भएका हुन् ।

शर्माको हातमा र राजेन्द्रको पिठ्युँमा करेन्ट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीहरु वीरगञ्ज– ९ रानीघाटस्थित कमल रौनियारको घर बनाउने काममा खटिएका थिए ।

घरको छतबाट फलामको रड तल झार्ने क्रममा एक हजार भोल्टको बिजुलीको तारमा छुन गई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । उनीहरुको उपचार वीरगञ्जको नारायणी अस्पतालमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?