+
+

एमालेको गुल्मी जिल्ला अध्यक्षमा काउछा र सचिवमा श्रीपाली

नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा र सचिवमा गणेश श्रीपाली निर्विरोध निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २४ गते १९:०५

२४ पुस, गुल्मी । नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा र सचिवमा गणेश श्रीपाली निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला सदरमुकाम तम्घासमा जारी ११ औं जिल्ला अबिधेशनबाट अध्यक्षमा काउछा र सचिवमा श्रीपालीको मात्रै उम्मेदवारी परेकाले र्निविरोध भएका हुन् । शुक्रबार सुरु भएको जिल्ला अधिबेशनमा अध्यक्ष र सचिव पदमा बाहेक अरु पदमा धेरै प्रतिस्पर्धीहरुले उम्मेदवारी दिएका छन् ।

अधिवेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ सदस्यीय जिल्ला समिति चयन हुनेछ । जसमध्ये ५ जनाको पदाधिकारी हुनेछ । जिल्ला समितिमा ३३ प्रतिशत महिला हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?