+
+

माओवादी नेता शक्ति बस्नेत र सत्या पहाडीलाई पनि कोरोना पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते ११:०१

२५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत र उनकी पत्नी सत्या पहाडीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना होम हाइसोलेसनमा छन् ।

यसको जानकारी सत्या पहाडी आफैंले सामाजिक सन्जालमार्फत् दिएकी हुन् । उनले फेसबुकमा लेखेकी छन्, ‘तेस्रो पटक कोभिडको आक्रमण, हामी दुवै जना होम आइसोलेसनमा ।’

माओवादी केन्द्रको आठौं महाधिवेशन सकिएलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादीका धेरै नेता-कार्यकर्ताहरूलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रचण्डसँगै नेता नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल र मातृका यादव संक्रमित छन् । यसैगरी प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, वाइसिएल नेताहरू रामप्रसाद सापकोटा ‘दीपशिखा’, सुमन देवकोटा, सुवोध सिर्पाली लगायत पनि संक्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?