+
+

पालले जिते हिमालयन गल्फको उपाधि 

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते २०:२७

काठमाडौं । एआईजी हरिबहादुर पालले हिमालयन बैंक गल्फको उपाधि जितेका छन् ।

स्टेबल फोर्ड ३/४ ह्यान्डिक्याप विधामा सञ्चालन भएको उक्त प्रतियोगितामा पाल ४० अंकका साथ प्रथम भई ट्रफी जित्न सफल भएका हुन् । ३७ अंकका साथ मेजर जेनेरल विजय मोक्तन द्वितीय भएका छन् ।

यसैगरी महिलातर्फबाट तारा कार्की चित्रकार ३७ अंकका साथ प्रथम भएकी छन् । सिनियरतर्फको उपाधि भने मेजर जनरल कमल सिंह प्रधानले ३४ अंकसहित जिते । विभिन्न विधामा सम्पन्न भएको उक्त प्रतियोगितामा हिमालयन बैंक परिवारका तर्फबाट जयन्द्रविक्रम शाहले ३१ अंकका साथ उपाधि जितेका छन् ।

यसरी नै पुरुष जुनियरतर्फबाट टासी शेर्पाले २५ अंकका साथ प्रथम हुँदा महिला जुनियरको उपाधि अन्भद्या मल्लले १८ अंकका साथ जितिन् । यसै गरी जुनियर लंगेष्ट ड्राइभको उपाधि जयवीर आर्चायले जित्दा जुनियर क्लोजेष्ट टु द पीन इदान्त सिंह साउडले जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?