
काठमाडौं । यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजको दसैं लक्षित स्किम “रेस फर द एस”को बम्पर उपहार इटहरीका इन्द्रनारायण चोङबाङले जितेका छन् ।
गत भदौ १५ देखि शुरु भएको उक्त स्किम मंसिर १४ सम्म चलेको थियो । नौ हप्तासम्म चलेको स्किमको अवधिभरि यामाहाको जुनसुकै मोटरसाइकल खरिदमा ग्राहकलाई आठ हजारदेखि एक लाखसम्म छुट दिइएको थियो । त्यसैगरी, हरेक हप्ता एक गोल्डेन एस टिकट र बम्पर विजेताका लागि तीन गोल्डेन एस टिकट जित्ने मौका प्रदान पनि गरिएको थियो ।
प्रत्येक हप्ताका एस कार्ड बिजेताहरूलाई ४ तोला सुन र बम्पर बिजेतालाई १२ तोला सुन पुरस्कार स्वरुप प्रदान गरिएको एमएडब्ल्यू इन्टरप्राइजका कार्यकारी अधिकृत राजु क्षेत्रीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4