+
+

माल्दिभ्समा बोल्ड सन्नी लियोनी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १४:०३

२६ पुस, काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनीको बोल्ड अवतार सामाजिक सञ्जालमा सधैं चर्चाको विषय बन्ने गरेको छ । पोर्न फिल्मको दुनियाँबाट बलिउडमा प्रवेश गरेकी  सन्नीका हरेक गतिविधि चासोका विषय बन्छन् ।

तीन सन्तानकी आमाको भूमिका निभाइरहेकी सन्नीको पछिल्लो समयमा भने सामाजिक सञ्जालमा बोल्ड तस्वीरहरु कम हुन थालेका छन् । विभिन्न गीतको भिडियोमा भने सन्नीको क्रेज अझै उस्तै छ । बलिउड चलचित्रको आइटम गीत, ब्राण्ड प्रमोसनमा उनको व्यस्तता कम भएको छैन ।

सन्नी लियोनी अहिले छुट्टी मनाउन माल्दिभ्स पुगेकी छन् । भारतमा कोरोना संक्रमण बढेर मनोरञ्जन दुनियाँका काम धमाधम पोष्टपोन्ड हुन थालेपछि सन्नी माल्दिभ्समा आराम गर्न पुगेकी हुन् ।

माल्दिभ्सको रमणीय स्थानमा सन्नीले सार्वजनिक गरेका केही तस्वीरमा भने उनी बोल्ड अवतारमा देखिएकी छन् । बलिउड कलाकारका लागि ‘होलिडे’ मनाउने विशेष गन्तव्य बनेको माल्दिभ्समा सन्नी एकपटक फेरि बोल्ड अवतारमा प्रस्तुत भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?