
२६ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले विश्वविद्यालय तथा शिक्षण संस्थाहरूलाई तोकिएको समयमा अध्ययन पूरा गर्ने गराउने सुनिश्चितता हुने गरी शैक्षिक क्यालेन्डर बनाउन आग्रह गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा प्रवेश परीक्षा, भर्ना, पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनबारे विद्यार्थी तथा अभिभावकहरूको गुनासोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले तोकिएको समयावधिमा अध्ययन पूरा गर्ने/गराउने कुराको सुनिश्चितता हुने गरी सबै विश्वविद्यालयहरू तथा शिक्षण संस्थाहरूमा शैक्षिक क्यालेन्डर बनाई सोही बमोजिम प्रवेश परीक्षा, भर्ना, पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनसम्बन्धी कार्य शैक्षिक क्यालेन्डरमा तोक्ने व्यवस्था गर्न अनुरोध गरेका छन् ।
त्रिविले ०७७ साल फागुनमा लिएको व्यवस्थापन संकायको बीबीएस तेस्रो वर्षको परीक्षाको नतिजा सार्वजनिक नगरी गत मंगलबारदेखि चौथो वर्षको परीक्षा सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया 4