+
+

कोरोनाका कारण १२ वर्षमा लाग्ने मकर मेला स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १५:२१

२७ पुस, काभ्रे । कोरोना भाइरसको तेस्रो लहर फैलिहेका कारण काभ्रेको पनौति नगरपालिका-७ त्रिवेणीघाटमा १२ वर्षमा लाग्ने बृहत मकर मेला स्थगित गरिएको छ ।

आज जिल्ला कोभिड व्यवस्थापन समिति(डीसीएमसी)को बैठकले माघ महिनाभर चल्ने उक्त मेला नगर्ने निर्णय गरेको हो । डीसीएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उद्धव केसीको अध्यक्षतामा बसेको बैठकले जिल्लाभित्र कुनै पनि सार्वजनिक स्थलमा हुने भेला तथा महोत्सव नगर्नका लागि मेला आयोजक समितिलाई आग्रह गर्ने निर्णय गरेको हो ।

सरकारले कुनै किसिमका मेला तथा महोत्सव नगर्न तथा २५ जनाभन्दा बढी बेला नहुन आग्रह गरेपछि मकर स्नानका लागि पनि भीडभाड नगर्ने र स्नानमा सहभागी हुँदा स्‍वास्थ्य मापदण्डको पूर्ण पालना हुने गरी व्यवस्था मिलाउने निर्णय गरिएको डीसीएमसीले जनाएको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गइरहेको हुँदा नागरिकको स्वास्थ्यलाई ख्याल गरी जिल्लामा पनि सजकता अपनाउन जरुरी रहेकोले महोत्सवका कार्यक्रम स्थगित गरिएको डीसीएमसीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?