+
+

थप संक्रमित भेटिएपछि मध्य चीनको एनिआङ शहरमा लकडाउन

५० लाख मानिसलाई घरभित्रै बस्न भनियो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १५:५८

२७ पुस, काठमाडौं । पछिल्लो समय छिमेकी मुलुक चीनमा कोभिड-१९ को निकै संक्रामक नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित बढ्न थालेका छन् ।

सोमबार ओमिक्रोनका थप संक्रमित भेटिएपछि मध्य चीनको एनिआङ शहरमा लकडाउन गरिएको छ । उक्त शहरमा २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएपछि लकडाउन गरिएको हो ।

हेनान प्रान्तको एनिआङ शहरमा लकडाउन लगाएर ५० लाख बासिन्दालाई घरभित्रै बस्न भनिएको चीनको सरकारी समाचार माध्यमले जनाएको छ । यसअघि डिसेम्बरको अन्त्यमा १ करोड ३० लाख मानिस बस्ने सियान शहरमा लकडाउन गरिएको थियो ।

पछिल्लो समय चीनमा कोभिड-१९ का संक्रमित बढ्न थालेका छन् । त्यहाँ मंगलबार स्थानीय रुपमा संक्रमित भएका ११० जना नयाँ संक्रमित थपिएका छन् । यसमध्ये हेनान प्रान्तका मात्रै ८७ जना रहेका छन् । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?