+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

चीन र भारतबीच भोलि उच्चस्तरीय सैनिक वार्ता हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १६:४६

२७ पुस, काठमाडौं । चीन र भारतबीच बुधबार उच्चस्तरीय सैनिक वार्ता हुने भएको छ । बुधबार वरिष्ठ सैनिक कमाण्डर तहमा १४ औं चरणको वार्ता हुन लागेको चिनियाँ विदेश मन्त्रालयले जनाएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविङले बुधबार भारत र चीनका वरिष्ठ सैनिक अधिकारी (कोर्प्स कमाण्डर) बीच उच्चस्तरीय वार्ता गर्ने बताएका हुन् । लद्दाखका विवादित क्षेत्रबाट आ-आफ्ना सैनिक हटाउने प्रयास स्वरुप दुबै मुलुकका सैनिक अधिकारीले १४ औं चरणको वार्ता गर्न लागेका हुन् ।

भारतसँगको सीमा क्षेत्रमा अवस्था ‘स्थिर’ रहेको पनि वाङले बताए । ‘हाल समग्रमा सीमा क्षेत्रको अवस्था स्थिर छ’, पत्रकारसँग कुरा गर्दै उनले भने, ‘दुबै पक्षले कुटनीतिक एवं सैन्य माध्यममार्फत् वार्ता एवं सञ्चार गरिरहेका छन् ।’

नयाँ दिल्लीस्थित सैन्य स्रोतका अनुसार जनवरी १२ गते वास्तविक नियन्त्रण रेखामा पर्ने पूर्वी लद्लाखस्थित चिनियाँ भूमि चुशुल मोल्दोमा भारत र चीनका वरिष्ठ सैनिक अधिकारीले वार्ता गर्नेछन् । चीनसँगको वार्ता रचनात्मक हुने भारतीय पक्षको अपेक्षा रहेको छ । बुधबार हुने वार्तामा हट स्प्रिङ क्षेत्रबाट दुबै पक्षका सैनिक हटाउनेबारे छलफल हुने पनि स्रोतले जनाएको छ ।

हाल वास्तविक नियन्त्रण रेखा वरपरका संवेदनशील क्षेत्रमा दुवै पक्षले ५० देखि ६० हजार सैनिक तैनाथ गरेका छन् । गत वर्ष भएका सैन्य एवं कुटनीतिक वार्तापछि पाङगोङ ताल र गोग्राको उत्तरी एवं दक्षिणी क्षेत्रबाट दुवै पक्ष पछि हटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?