
२७ पुस, काठमाडौं। नेपाल बास्केटबल संघ (नेबा) र टर्नपाइकको संयुक्त आयोजनामा पहिलो पटक फ्रेन्चाइज बास्केटबल लिग हुने भएको छ ।
पहिलो पटक राष्ट्रिय स्तरको फ्रेन्चाइज बास्केटबल लिग हुन लागेको र यसको नाम नेशनल बास्केटबल लिग नेपाल रहेको संघले मंगलबार विज्ञप्तीमार्फत जनाएको छ ।
लिग फ्रेन्चाइज कम क्लब मोडलमा आयोजना हुने र ८ फ्रेन्चाइज क्लबले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।
बास्केटबल खेल र खेलाडीको विकास गर्नुका साथै व्यावसायिक बास्केटबल खेलाडीहरुले प्रतिस्पर्धा गर्ने थलोको रुपमा लिग रहने संघले जनाएको छ । यसबाट उत्कृष्ट प्रदर्शन गर्नेहरुले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने पनि संघको भनाई छ ।
संघले लिगको मिति भने सार्वजनिक गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4