+
+

वुमा गोजुकाई कराँतेमा जोरपाटी डोजो टिम च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १८:४०

२७ पुस, काठमाडौं । वुमा खुला कराँते प्रतियोगितामा जोरपाटी डोजो टिम च्याम्पियन भएको छ । नेपाल गोजु काई कराँते संघको आयोजनामा चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा मंगलबार सम्पन्न प्रतियोगितामा जोरपाटीले ५ स्वर्ण, १ रजत र ३ कांस्य जितेर च्याम्पियन बनेको हो । ४ स्वर्ण, ३ रजत र ५ कांस्य जितेर मानसिंह डोजो उपविजेता भएको छ । ३ स्वर्ण जितेको शंखडोल डोजो तेस्रो भयो ।

प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन ११ स्वर्ण पदकको छिनोफानो भएको थियो । कातातर्फ पुरुषमा नेपाल हाइसी-हा एकेडेमीका कृष्ण ऐडीले स्वर्ण जित्दा महिलातर्फ जोरपाटी डोजोकी ईशा वाइबाले स्वर्ण जितिन् ।

महिला ४० केजीमुनि तौल समूहमा मानसिंह डोजोकी सविना तामाङले स्वर्ण जितिन् । उनले फाइनल गोठाटार डोजोकी रोनिशा खड्कालाई पराजित गरिन् । महिला ४५ केजीमूनि तौलसमूहमा शंखडोलकी अनिता तामाङले तोयोकान एकेडेमीकी शिखा बजगाईंलाई हराएर स्वर्ण जितिन् । साउथ भ्यालीकी नवीना डिम्डुङले महिला ५० केजीमा स्वर्ण जितिन् । उनले फाइनलमा मित्रपार्क डोजोकी सुदीना पाख्रिनलाई पराजित गरेकी हुन् ।

महिला ५५ केजीमा शंखडोलकी युनिका राईले नेपाल हायसी-हा एकेडेमीकी निरुता श्रेष्ठलाई हराएर स्वर्ण जितिन् । महिला ६० केजीमा मानसिंहकी प्रविना गुरुङले स्वर्ण जित्ने क्रममा नागार्जुन डोजोकी उर्शला पहारीलाई पराजित गरिन् । महिला खुलातर्फको स्वर्ण जोरपाटी डोजोकी अस्मिता प्रजाले जितिन् । । फाइनलमा उनले साउथ भ्यालीकी कोपिला लिम्बुलाई पराजित गरिन् ।

पुरुष ५५ केजीमुनि तौल समूहमा मानसिंहका सुदीन सुनारलाई पराजित गर्दै जोरपाटी डोजोका विशाल केसीले स्वर्ण जिते । पुरुषको ६० केजीतर्फ जोरपाटीका सुजन राईले गोठाटारका राजीव त्रिपाठीलाई हराएर स्वर्ण जिते । पुरुष खुलातर्फ भने गोठाटारका रविन त्रिपाठीले मानसिंहका पारस तामाङलाई पराजित गरी स्वर्ण जिते ।

पुरुषतर्फ ३० केजीमुनि तौल समूहमा स्वर्ण जितेका आयुश राई र महिलातर्फ ४० केजीमुनि तौलसमूहमा स्वर्ण जितेकी मानसिंहकी सविना तामाङ प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चुनिए ।

प्रतियोगितामा नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद् गगन थापा, पाँचखाल नगरपालिकाका प्रमुद महेश खरेललगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । काठमाडौं महानगरपालिकाको मुख्य प्रायोजनमा २ दिनसम्म आयोजित प्रतियोगितामा २० जिल्ला तथा डोजोहरुबाट २०० भन्दा बढी खेलाडीको सहभागिता संघका उपाध्यक्ष अच्युतराज उप्रेतीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?