
२७ पुस, विराटनगर । प्रदेश १ को प्रादेशिक सञ्चार प्रतिष्ठान खारेज गर्ने प्रदेश सरकारको निर्णय उच्च अदालत विराटनगरले सदर गरेको छ । प्रतिष्ठान खारेजको विरुद्ध कार्यकारी निर्देशक यज्ञ शर्माले दायर गरेको रिट उच्च अदालतले खारेज गरेको हो ।
मंगलबार मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले शर्माले दायर गरेको रिट निवेदन खारेज गरेको हो ।
मंसिर ९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रादेशिक सञ्चार प्रतिष्ठान र कार्यकारी निर्देशक शर्माको पद खारेज गरेको गर्ने निर्णय गरेको थियो ।
सरकारको निर्णय विरुद्ध शर्माले उच्च अदालत विराटनगरमा सरकारविरुद्ध अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दायर गरेका थिए । रिट निवेदन खारेज भएसँगै कार्यकारी निर्देशक पद स्वतः खारेज भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4