+
+

पर्यटनमन्त्री आले चढेको गाडी दुर्घटना, मन्त्रीसहित सबै सकुशल

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते २२:३०

२७ पुस, धनगढी । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले सवार गाडी दुर्घटनामा परेकाे छ ।

मंगलबार धनगढीबाट महेन्द्रनगरतर्फ जादै गर्दा आले सवार सुदूरपश्चिमकाे भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयकाे सुप प्र ०१००१ झ ३३३ गाडी विपरीत दिशाबाट आइरहेको बा ४ च १३७७ काे गाडीसँग ठाेक्किदा दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरिक्षक वकिल सिंहले दुर्घटनामा कुनै मानवीय क्षति नभएकाे जानकारी दिए । उनकाअनुसार मन्त्री आले महेन्द्रनगरमा आयाेजना हुने कार्यक्रममा सहभागी हुन अर्काे गाडी चढेर त्यसतर्फ गइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?