+
+

हल खुल्लै रहेको बुझाउन ‘चपली हाइट ३’ निर्मातालाई सकस

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते ११:४६
निर्माता अर्जुन कुमार । फाइल तस्वीर

२८ पुस, काठमाडौं । शुक्रबारबाट चलचित्र ‘चपली हाइट ३’ रिलिज हुँदैछ । चलचित्र रिलिज हुन केही दिन मात्र बाँकी रहँदा यसको निर्माणपक्षलाई भने दर्शकलाई हल खुल्लै रहेको बुझाउन सकस भइरहेको छ ।

सरकारले माघ ७ गतेबाट हलमा जाने दर्शकले कोभिडको खोप लगाएको कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने नियम ल्याएको छ । यसैले यो चलचित्र रिलिज भएको एक सातापछि कोभिड खोपको कार्ड लिएर मज्जाले हलमा जान सकिन्छ ।

निर्माता अर्जुन कुमार भन्छन्, ‘सरकारले हल बन्द गरेको छैन । तर, एकै ठाउँमा २५ जना भन्दा बढी भेला हुन नपाउने भन्ने खबरले दर्शकमा भ्रम सिर्जना भएको छ । हलमा चलचित्र हेर्नका लागि सरकारले नयाँ नियम ल्याएको मात्र हो, हल बन्द नै गरेको भने होइन ।’

अर्जुनले सबैभन्दा सुरक्षित स्थान नै हल भएको बताए । ‘हलमा सुरक्षाको सम्पूर्ण प्रत्याभूति दिइएको छ । त्यसैले अन्य स्थान भन्दा हल सुरक्षित छ ।’

निकेश खड्काको निर्देशनमा बनेको ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, महेश त्रिपाठी, आमिर गौतम, सुपुष्पा भट्टको मुख्य भूमिका छ । सस्पेन्स थ्रिलर कथामा बनेको यो चलचित्रले हलमा उल्लेख्य शो पाउने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?