+
+

सान्चेजले अन्तिम समयमा गोल गरेपछि इन्टरले जित्यो सुपर कपको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते ९:४३

२९ पुस, काठमाडौं । एलेक्स सान्चेजले अतिरिक्त समयमको पनि अन्तिम समयमा गोल गरेपछि इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ ।

बुधबार राति भएको फाइनलमा युभेन्ट्सलाई २-१ ले हराएर इन्टर च्याम्पियन बनेको हो ।

सन् २०१० पछि पहिलो पटक सुपर कप जित्ने क्रममा इन्टरले खेलमा पुनरागमन गरेको थियो ।

खेलको २५औं मिनेटमा वेस्टन म्याकेनीले गोल गर्दै युभेन्ट्सलाई पहिले अग्रता दिलाएका थिए ।

तर ३५औं मिनेटमा इन्टरका लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे ।

त्यसपछि निर्धारित समयमा थप गोल भएन । अतिरिक्त समयमा पनि गोल नहुँदा खेल पेनाल्टीसुटआउटतर्फ जाने देखिएको थियो । तर सान्चेजेल १२१औं मिनेटमा खेलको अन्तिम किकबाट गोल गर्दै इन्टरलाई उपाधि दिलाए ।

इन्टरले छैटौं पटक सुपर कपको उपाधि जितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?