+
+

१० किलो चरेससहित एक महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १४:१३

२९ पुस, वीरगञ्ज । वीरगञ्जबाट लागूऔषध चरेससहित पिपरीया परेवा नगरपालिका–९ रौतहटकी ४२ वर्षीया रंजु देवी पक्राउ परेकी हुन् ।

प्रहरी चौकी ईनर्वा पर्साबाट वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटमा खटिएको नियमित चेकिङ टोलीले बुधबार साँझ उनलाई पक्राउ गरेको थियो । नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा जाँच गर्दा उनको साथबाट १० किलो चरेश फेला परेको प्रहरीले जनाएको छ ।

उनको ढाड, खुट्टामा पहेलो रंगको कपडाको डोरीले बाँधी अड्काई राखेको र ज्याकेटको दुबै तर्फको खल्तीबाट चरेशको प्याकेट फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?