+
+

चन्द्रकोटमा बन्यो बहुउद्देश्यीय सभाहल

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १५:२९

२९ पुस, गुल्मी । चन्द्रकोट गाउँपालिकाले बहुउद्देश्यीय सभाहलको निर्माण गरेको छ ।

गाउँपालिकाको केन्द्र शान्तिपुरमा गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले एक समारोहबीच नवनिर्मित सभाहलको उद्घाटन गर्दै सभाहल निर्माणमा सहयोग गर्ने लुम्बिनी प्रदेश सरकार, पालिका परिवार र जग्गादाताहरूलाई धन्यवाद दिए । सभाहल सबैको साझा भएकाले सबै जनता, विभिन्न संघ संस्था तथा राजनीतिक दलले प्रयोग गर्न पाउने अध्यक्ष खत्रीले बताए ।

गाउँपालिकाको केन्द्र शान्तिपुर बनेपछि विभिन्न कार्यक्रम हुने तर, भवन अभावको कारण समस्या हुदै आएको थियो । भवन निमार्णपछि गाउँपालिकाको विकासमा र्इंटा थप्ने काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षत्रीले बताए ।

गाउँपालिकाले बहुउद्देश्यीय सभाहल भवन निमाणर््का लागि निशुल्क रुपमा जग्गा दान गर्ने जग्गादाताहरूलाई सम्मान गरेको छ । जनप्रतिनिधिहरू निर्वाचित भएर आइसकेपछि चन्द्रकोट गाउँपालिकाभित्र अध्यापन गराएर अवकाश पाएका शिक्षकहरूलाई सम्मान गरिएको थियो ।

चन्द्रकोट गाउँपालिको विभिन्न क्षेत्रमा रहेर कार्यरत कर्मचारीहरु मध्ये केही उकृष्ट कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो । गाउँपालिका–४ शान्तिपुरमा निर्माण गरिएको उक्त बहुउद्देश्यीय सभाहलमा चन्द्रकोट गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको लगानी रहेको छ ।

गाउँपालिकाको २४ लाख ७९ हजार २२१ र लुम्बिनी प्रदेशको ६० लाख लगानीमा निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?